नियम ७क
अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्था
(१) अस्थायी रुपमा आयोजना गर्ने प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम गर्ने मूल्य अभिवृद्धि करमा दर्ता नभएकाले ऐनको दफा १०क. बमोजिम कारोबार दर्ता गर्न सम्बन्धित आयोजकको सिफारिस सहित कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम- (१) बमोजिम निवेदन दिँदा त्यस्तो कार्यक्रमबाट प्राप्त हुने आयको पूर्वानुमान गरी सो आयको दुई. प्रतिशतले हुने रकम धरौटी राख्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा कर अधिकृतले त्यस्तो कारोबार मूल्य अभिवृद्धि करमा दर्ता गरी निवेदकलाई दर्ता नम्बर सहितको प्रमाणपत्र दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम दर्ता भएकाले प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम समाप्त भएको सात, दिनभित्र कर अधिकृत समक्ष मूल्य अभिवृद्धि कर विवरण र मूल्य अभिवृद्धि कर दाखिला गरी अस्थायी दर्ता खारेजीका लागि स्थायी लेखा नम्बरको सक्कल प्रमाणपत्र, अस्थायी दर्ता भएको अवस्थाको कर चुक्ता प्रमाणपत्र र आयोजकको सिफारिस सहित निवेदन दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम निवेदन प्राप्त भएमा करदाताले पेश गरेको मूल्य अभिवृद्धि कर विवरण तथा अन्य कागजात सम्बन्धित कर अधिकृतले जाँचबुझ गरी पन्ध्र दिनभित्र अस्थायी दर्ता खारेज गरी सोको जानकारी निवेदकलाई दिनु पर्नेछ।
(६) उपनियम (२) बमोजिम निवेदकले राखेको धरौटी उपनियम (४) बमोजिम बुझाउनु पर्ने मूल्य अभिवृद्धि करमा मिलान गर्न पाउनेछ ।
(७) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा थप कर निर्धारण_हुन गएमा निवेदकलाई कर दाखिला गर्न तीन दिनको सूचना दिइनेछ। सो अवधिभित्र निवेदकले कर दाखिला नगरेमा निजले धरौटी राखेको रकमबाट असुल गरिनेछ र सो रकमबाट पनि नपुगेमा बाँकी रकम आयोजकबाट असुल गरिनेछ।